Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा संक्रमितको संख्या ६२ पुग्यो, ३ जना थप उपचारका लागि रिफर

COROOO-1620187274.jpg

मकवानपुर थाहा नगरपालिकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रिमितको संख्या ६२ पुगेको छ । 

कोभिड–१९ को दोस्रो लहरको संक्रमण शुरु भएको ९ दिनमा संक्रमितको संख्या ६२ पुगेको हो । लक्ष्ण चिन्ह देखिएको र कन्ट्याक ट्रेसिङमा परेका अधिकांशको एन्टिजिन परीक्षण गरिएको छ । 

पोजेटिभ देखिएकाहरु मध्ये सबै भन्दा बढि वडा नम्बर ३ मा १८ जना रहेका छन् । वडा नम्बर ८ र १२  मा हालसम्म संक्रमित छैनन् । नगरमा सबैभन्दा कम उमेर ६ महिनाको शिशुमा समेत संक्रमण देखिएको छ । हाल नगरका ६२ संक्रमित मध्ये दुई महिला र एक पुरुषलाई थप उपचारको लागि हेटौंडा रिफर गरिएको छ । 

थाहा नगरमा परीक्षण गरिएको आधारमा संक्रमण दर ४१.६११ प्रतिशत रहेको थाहा नगरपालिकाको २१ वैशाखमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०