Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा संक्रमितको संख्या ४५० पुग्यो

  • सुरेन्द्रमान प्रधान/थाहानगर

हरेक दिन संक्रमितको दर उकालो लाग्दै गरेको थाहानगरमा १२ जेठमा १४ जनाको परिक्षणमा ११ जनामा संक्रमण भेटिएको छ । १२ जेठमा थाहा १ का ३, २ का २, ४ का ५ र ९ नम्बर वडाका १ जना गरि ११ जना संक्रमित भेटिएको डा. रिकेश कार्कीले बताए । यो दर झन्डै ७९ प्रतिशत हो । हरेक दिन संक्रमितहरुको संख्या बढेपछि होम आइसोलेसनमा बसेर १४ दिन पूरा गरिसकेका बिरामीहरु समेत पीडित भएका छन् । "१४ दिन पूरा हुँदा पनि न त स्वाव लिएका छन् न त ढुक्कसङ्ग नै बस्न पाइएको छ ।" थाहा ३ कि एक संक्रमितले आफ्नो गुनासो राख्दै भनिन् "हामीलाई कि अब चेक गर्नु पर्दैन भन्नु पर्यो कि छिटो चेक गर्नु पर्यो ।" त्यसरी बस्नु पर्दा झन मानसिक रुपले कमजोर हुने गरेको उनले बताए तर, यता स्वास्थ्यकर्मीहरुले चाहेरै पनि समय मै स्वाव संकलन गर्न नसकेको बताएका छन् ।

थाहानगरमा बुधबारसम्ममा कुल सन्क्रमितको सख्या ४ सय ५० पुगेको छ । तीमध्ये ३३ जना पूर्णरुपले निको भैसकेका छन् । १६ जनाको नगर बाहिर उपचार भैरहेको छ । ९ जना बज्रबाराही आइसोलेसनम छन् । ३ सय ८८ जना होम आइसोलेसनमा छन् ।

१२ जेठमा पनि थाहानगरका एक ३७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या भएपछि उनको हेटौंडा अस्पतालको सघन कक्ष (आइसियु)मा उपचार भैरहेको थियो । उनलाई केही दिनअघि नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको थियो तर उनमा अक्सिजनको मात्रा निक्कै कम हुँदै गएपछि हेलिकप्टरबाट लाने सम्भावना न्यून हुँदै गएको अस्पताल स्रोतले बताएको छ । यो समेत गरि थाहानगरमा दोस्रो भेरियन्ट पछि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

१२ जेठसम्म थाहा १ मा ६९ जना, २ मा ४३, ३ मा ८५, ४ मा ३९, ५ मा १० जना सक्रिय संक्रमित छन् । यसैगरी, थाहा ६ मा ४४, ७ मा ४२, ८ मा ४५, ९ मा ६, १० मा ७, ११ मा १८ र १२ मा २ र अन्य स्थानमा घर भै थाहानगर बस्ने ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif