Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा संक्रमितको संख्या २ सय पुग्यो, निको हुने दर निकै कम

COROOO-1621139524.jpg

थाहानगरमा १ जेठमा १३ जना संक्रमित थपिएका छन् । थपिएकाहरुमा वडा नम्बर १ का २, ३ का २ र ६ का ७ जना छन् । 
त्यसैगरी कोरोना संक्रमितका कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरि पिसिआरका लागि पठाइएकोमा २१ जनाको नेगेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए । पोजेटिभ भै होम आइसोलेशनमा बसेका ७ जनाको पिसिआर परिक्षणका लागि पठाइएकोमा फेरि ३ जना पोजेटिभ नै देखिएका छन् भने चार जना निको भएका छन् । 

थाहानगरमा १ जेठसम्मा २ सय जनामा संक्रमण देखिसकेको छ । तीमध्ये १२ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ८० जना होम आइसोलेशनमा रहेको डा. कार्कीले बताए । होम आइसोलेशनमा रहेका सबै बिरामीहरुको अवस्था सामान्य छ । 
संक्रमित भएर १४ दिनपछि स्वाव दिएका बिरामीलाई नेगेटिभ रिपोर्ट नआउन्जेल घर बाहिर नहिड्न डाक्टरले आग्रह गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif