Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा संक्रमितको संख्या १३५, एकैदिन १६ जना थपिए

COROOO-1620653398.jpg

थाहानगरमा दिनदिनै कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । आमा खुवाउने औंसीको पुर्वसन्ध्या सोमबार मात्र १६ जना संक्रमित थपिएका छन् । यो समेत थाहामा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेका छन् । तीमध्ये ५ जनाको नगरबाहिर उपचार भैरहेको छ्भने १ सय २४ जना होम आइसोलेशनमा छन्, एक जना भीमफेदी गाउँ पालिकाका छन् । २ को मृत्यु र ३ जना निको भैसकेको छ ।

२७ वैशाखमा थाहा १ का ३, २ का ५, ३ का ६, १० का १ र भिमफेदीका १ जना संक्रमित पुष्टि भएको हो । १६ जनामा ६ पुरुष र १० महिला रहेको डा. रिकेश कार्कीले बताए ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणको लक्ष्यसहित वडावडामा गठित समितिहरुको प्रभाव देखिएको छैन । निषेधाज्ञा कडाइका साथ पालना गर्न लगाइ बजार नियन्त्रण गरी कोरोना संक्रमणको दर घटाउने उद्देश्यले विभिन्न वडाहरुमा वडा अध्यक्षहरु नै संयोजक, जेष्ठ सदस्य उपसंयोजक, वडा सदस्यहरु सदस्य, कृयाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था सदस्य रहने गरि वडास्तरीय समितिहरु गठन गरिएको थियो । तत्कालै कोरोनाको जोखिम बढेका वडा नम्बर १, २, ३, ४, ६, ९ र १० नम्बर वडाहरुमा समिति गठन गरि आ-आफ्नो बजार अनुगमन तथा नियन्त्रण गर्न नगर प्रमुख लवशेर विष्टले निर्देशन दिएका थिए । तर, २ठ वैशाखमा विभिन्न वडाहरुमा गरि १ सय ३५ संक्रमित पुगिसक्दा पनि कुनै पनि वडा समितिले बजार अनुगमन तथा भीडभाड नियन्त्रणका लागि कुनै कार्य गरेको पाइएको छैन ।

२७ वैशाख दिउँसो थाहानगरका मूख्य बजारहरु करिव करिव सुनसान जस्तो देखिए पनि बज्रबाराहीको सरस्वती बजारमा मानिसहरुको भीडभाड देखिन्थ्यो । करिव करिव पसलहरु बन्द देखिएको भए पनि मानिसहरुको भीड देखिनुले जोखिम दर उच्च रहेको स्वास्थ्यकर्मीहरुले चिन्ता गरेका छन् ।

उता, कोभिड रोकथाम तथा न्यूनिकरण निर्देशन समितिको २६ वैशाखमा बसेको बैठकले २८ वैशाखमा परेको औंसी पर्वले भीड बढाउन सक्ने जोखिमको न्यूनिकरणको लक्ष्य सहित २७ बैशाख राती १२ बजेदेखि २८ राती १२ बजेसम्म सबै प्रकारका पसल बन्द गरि हिडडुल समेत गर्न नदिने निर्णय कार्यान्वयनका लागि २८ वैशाख विहानैदेखि प्रहरीले बजार अनुगमन गर्ने भएको छ । २७ वैशाखमा नै चेतावनी दिइसकेकोले २८ वैशाखमा बजारमा कुनै चहलपहल नदेख्ने आशा समितिको छ ।

उता, बज्रबराहीमा निर्माण गरिरहेको आइसोलेशन २७ वैशाखबाट पुर्ण रुपमा तयार भएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । बलामीका अनुसार २८ वैशाखमा चिकित्सकसहितको टोलीले अनुगमन गरेपछि संचालनमा ल्याइनेछ । हाल सो आइसोलेशनमा २० बेडको क्षमता रहनेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०