Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा कोरोना संक्रमित ३ सय नाघे

COROOO-1621607873.jpg

 

  • सुरेन्द्रमान प्रधान

क्रमिक रुपले संक्रमण घट्ने आशा गरिएको थाहानगरमा हरेक दिन संक्रमितको संख्या बढ्दै शुक्रबारसम्म तीन सय नाघेको छ ।

७ जेठमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १० जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जना संक्रमित भेटिएको डा. रिकेश कार्कीले बताए । नयाँ संक्रमितहरुमा वडा नम्बर १ का १, २ का १, ३ का ३, ४ का १ र ७ का २ जना छन् ।

यसैगरी, जेठदेखि संकलन गरि पिसिआर परिक्षणका लागि हेटौंडा पठाएकाहरु मध्ये शुक्रबारको रिपोर्टमा बीस बढी थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका भोला चौलागाईंका अनुसार पालुङबाट स्वाव संकलन गरि ३-४ दिनमा एकै पटक पठाउनाले रिपोर्ट ढिला भएको हो । ७ जेठमा पिसिआर पोजेटिभ भएकाहरुको बिस्तृत विवरण आउन बाकी छ तर, यसै वर्ष एकै व्यक्ति लगातार तेस्रो पटक सम्म पोजेटिभ भएका छन् भने केहीको दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको छभने अन्य संक्रमितको सम्पर्कमा रहेका नयाँ संक्रमितहरु छन् ।

६ जेठ रातीसम्म मात्र २ सय ८२ जनामा संक्रमण पुष्टि भैसकेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०