Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा विद्युत् आपूर्ति बन्द हुने

nbp-1622714568.jpg

२२  जेठमा थाहानगर लगायत उत्तरी मकवानपुरमा दिनभरि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङका अनुसार मर्मत कार्यका कारण दिनैभरि विद्युत् आपूर्ति बन्द हुने भएको हो । 

केहि दिनदेखिको वर्षा तथा हावाहुरीले विभिन्न स्थानमा पोलहरु ढलेका थिए । जुरीखेत—देउराली र कलंकी—मार्खु खण्डमा पहिरो तथा हुरीले कतिपय ठाउँका पोलहरु ढल्किएका छन् भने कतिपय पोलहरु ढलेका छन् । यसैगरि, हावाहुरीका कारण केहि स्थानहरुका तार झुलिएका कारण विद्युत् अवरुद्ध हुँदै आएकोले शनिबार मर्मतका लागि विहान १० बजेदेखि ५ बजेसम्म विद्युत् अवरुद्ध गरि मर्मत गरिन लागेको हो । 

यसैगरि, शनिबार नै इन्द्रसरोवरको कलंकीदेखि सिस्नेरी हुँदै ईपा र कलंकी— फाखेल—चखेल—हुमाने खण्डमा पनि मर्मत सुधार गरिने हुँदा त्यस भेगमा समेत विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।  मर्मत कार्यका कारण सो दिन पालुङ वितरण केन्द्रअन्तर्गत ईन्द्रसरोवर गाँउपालिका, थाहा नगरपालिका, कैलाश गाँउपालिका र भिमफेदी गाँउपालिकाको ८ र ९ नं. वडाहरुमा  विद्युत अवरुद्ध हुनेछ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०