Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा वर्षा जारी, हिउँ पर्ने सम्भावना (माैसम पूर्वानुमानसहित)

IMG_20211229_065650-1640740377.jpg

पश्चिमी न्यून चापिय प्रणालीका कारण गएरातीदेखि नै थाहानगरलगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

पानी परेसँगै चिसो ह्वात्तै बढेको छ । वर्षा भएसंगै देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

वर्षासँगै यससैगरि थाहा नगरपालिकाकाे सिमभञ्याङ, दामन, काेटथुम्की, चन्द्रागिरी लगायत पर्वतीय क्षेत्रमा हिमपातको संभावना  छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जनाएको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसम:

२०७८ पौष १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०