nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा लवशेर विष्ट नगर प्रमुखमा निर्वाचित

मकवानपुर मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएकाछन् । नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई दुई हजार ५४२ मतले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले नौ हजार ९१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी ढकालले छ हजार ५४९ मत पाए ।

थाहाको उप प्रमुखमा भने नेपाली काँग्रेसका खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले नेकपा एमालेकी कल्पना बलामीलाई पाँचसय १८ मतले पराजित गर्दै नगर उपप्रमुखमा निर्वाचित भएका हुन् । निर्वाचित भएका दुवै प्रमुख र उपप्रमुखको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले घोषणा गरेका थिए । त्यस्तै थाहाको १२ वडा मध्ये नेकपा एमाले र माओवादी केन्द्रले ६/६वटा वडाध्यक्ष जितेका छन् । २७ हजार ६६७ मतदाता भएको थाहामा बीस हजार ९४५ मत खसेको थियो ।

निर्वाचित पदाअधिकारीलाई बधाई ज्ञापन गर्दै निर्वाचन अधिकृत आचार्यले सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले निर्वाचनमा प्रत्यक्ष र अप्रत्येक्ष रुपमा सहज ढंगले सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरु, सम्पूर्ण राजनीतिक दल, दल मातहतका भातृ संगठनका प्रतिनीधीहरु, संचारकर्मीहरु, पर्यवेक्षक, सुरक्षाकर्मी, कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

नगर प्रमुख पदमा निर्वाचित विष्ट र उप प्रमुख गोपालीप्रति विकासखबर टिम बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्दछ । 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg