nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा माओवादी–काँग्रेस एकअर्कालाई भोटै माग्दैनन् !

मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल औपचारिकतामा मात्रै सीमित देखिएको छ । २८ वैशाखमा हुने भनिएको संयुक्त चुनावी सभा नभएपछि झन यस्तो आशंका बढेको बताइन्छ । उम्मेदवारी दर्ताको अन्तिम समयमा दुई दलले तालमेलको सहमति गर्दै माओवादीले मेयरमा र नेपाली काँग्रेसले उपमेयरमा उम्मेदवारी दिएका छन् । तर, उनीहरुको चुनाव प्रचार हेर्दा कहीँ पनि चुनावी तालेमल र सहकार्यको झलक आउँदैन ।

माओवादी र काँग्रेसले अलग(अलगरुपमा चुनाव प्रचार-प्रचार तथा घरदैलो कार्यक्रम गरिरहेका छन् । उनीहरुबाट संयुक्त प्रचार कार्यक्रम भएको छैन । न एकअर्कालाई भोट मागेको नै देखिएको छ ।माओवादीको चुनाव प्रचारका क्रममा मेयर लवशेर विष्टको मात्रै नाम र तस्वीर राखिएको छ । त्यसपछि वडास्तरका उम्मेदवारहरुको नाम राखेर ब्यानरहरु बनाइएको छ, जहाँ उपमेयर खड्ग गोपालीको नाम निसान छैन ।

त्यसोत काँग्रेसको प्रचार सामाग्रीमा पनि उस्तै देखिएको छ । यसले गर्दा दुई पार्टीबीचको समिकरण झन टाढिएको स्पष्ट हुन्छ ।

टुप्पोमा मात्रै चुनावी तालमेल

उम्मेदवारी दर्ताको अन्तिम समयमा थाहानगरमा प्रमुख दुई पदमा मात्रै चुनावी तालमेल गरेका माओवादी र काँग्रेसबचि स्थानीय तहमा संयुक्त प्यानल बनेको छैन । यदि संयुक्त प्यानल भएको भए संयुक्त कार्यक्रम गर्ने अवस्था आउँथ्यो । तर, प्रमुख दुई पदमा मात्र तालमेल गरेर अरु पदमा भने एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि तालमेल प्रभावकारी हुन सकेको छैन ।

यसले पनि मतदातालाई केही अफ्ठ्यारो हुने देखिन्छ । किनकि समान्य लेखपढ मात्रै भएका मतदाताले एकै लहरमा भोट हाल्ने सम्भावना हुन्छ ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg