nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा मतदाता नामावली सङ्कलन एकै ठाउँबाट, गतेअनुसार शिखरकोट जानुपर्ने(तालिकासहित)

namawali-1639832604.jpg

यसअघि सामाजिक सञ्जालहरुमा मतदाता नामावली सङ्कलनका लागि वडावडामै फोटो खिच्ने चर्चा चले पनि वास्तविकता त्यस्तो नभएको पाइएको छ । थाहा नगरपालिकाले ३ पुसमा एक सूचना प्रकाशित गरी नगरपालिकाका १८ वर्ष उमेर पूरा भएका मतदाताहरुका लागि एकै ठाउँबाट मतदाता नामावली सङ्कलन गर्ने स्पष्ट पारेको छ । 

थाहा नगरपालिकामा प्रदेश निर्वाचन कार्यालयको पत्र अनुसार ३ पुसमा स्थानीय सहयोग तथा समन्वय समितिको बैठक बसेर आगामी ५ पुसदेखि १९ पुससम्म थाहा नगरपालिका–३ शिखरकोटस्थित विकास घरबाट मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरिएको हो । 

मतदाता नामावली सङ्कलनको सहजताको लागि दिन तोकेर वडाबासीलाई सेवा प्रदान गर्ने निर्णय गरिएको छ । सोअनुसार ५ पुसदेखि ७ पुससम्म गरी ३ दिन वडा नम्बर ११ र १२ का लागि छुट्याइएको छ । साविक टिस्टुङ गाविसका बासिन्दाहरु मतदाता नामावलीका लागि उक्त ३ दिनभित्र विकास घर पुग्नुपर्नेछ । 

त्यसैगरी ८, ९ र १० पुसमा वडा नम्बर ६, ९ र १० का बासिन्दालाई सेवा प्रदान गरिनेछ । वडा नं. ७ र ८ का बासिन्दा मतदाता नामावलीका लागि ११, १२ र १३ पुसमा विकास घर पुग्नुपर्नेछ । वडा नम्बर १ देखि ५ सम्मका बासिन्दाका लागि १४ पुसदेखि १८ पुससम्मका दिनहरु तोकिएको छ । मतदाता सङ्कलन अभियानको अन्तिम दिन १९ पुसमा भने छुटफुट मतदाताहरुको विवरण सङ्कलन गरिनेछ । 

मतदाता नामावलीमा यसअघि दर्ता छुटेका र नयाँ दर्ताका लागि निर्वाचन कार्यालयले स्थानीय पालिकाहरुबाटै नामावली विवरण सङ्कलन गर्ने कार्यक्रम तय गरेको हो । यसलाई मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम भनिएको छ । 

के–के कागजात चाहिन्छ ? 
मतदाता नामावली सङ्कलनका क्रममा बिकास घर जाँदा नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र प्रतिलिपिसहित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सूचनामा जनाइएको छ । त्यसैगरी नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम समावेश गर्न चाहेमा अनिवार्यरुपमा नाम दर्ता गर्न चाहेको स्थानमा बसाइसराइ गरी आएको सक्कल र नक्कल प्रति पेश गर्नुपर्नेछ । विवाह भई आएको हकमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि अनिवार्य गरिएको छ । 
 

हेर्नुहोस् नगरपालिकाको सूचना :


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)