Saturday, 15th August, 2026
वि.स.

थाहानगरमा मंगलदीप सहकारीको सदस्य सेवा केन्द्र खुल्यो

Mangal-1631953010.jpg

मकवानपुरको थाहानगरबासीले मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेको सेवा पाउने भएका छन् । ललितपुरको लगनखेलमा प्रमुख कार्यालय रहेको मंगलदीपले थाहा नगरपालिकाको वडा नम्बर ४ मा सदस्य सेवा केन्द्र स्थापना गरेसंगै यहाँका नागरिकले सहकारीको सेवा पाउने भएका हुन् । 

ललितपुर जिल्लामै उत्कृष्ट ख्याती कमाएको मंगलदीको थाहानगर सेवा केन्द्रको १ असोजमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडाका सचिव डाक्टर मतिना जोशी वैद्ये उद्घाटन गरिन् । कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका रजिष्टार बिक्रम पाण्डेयको विशेष आतिथ्यमा भएको कार्यक्रम सहकारीका अध्यक्ष नवराज बिष्टको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहकारुकिो सेवा केन्द्र उद्घाटन गर्दै सचिव वैद्येले सफलताको शुभकामना व्यक्त गरिने । सदस्यहरुको मन जितेकै कारण सेवा क्षेत्र समेत विस्तार गर्न सक्षम भएको हुँदा सहकारीमा गरिएको लगानी र सेवा आफ्नै भएको बताइन् । कार्यक्रमका सभाध्यक्ष तथा सहकारकिा अध्यक्ष बिष्टले मंगलदीप बचत तथा ऋण सहकारीबाट दिइने सेवा तथा कार्य विवरणको विषयमा सदस्यहरुलाई जानकार िदिएका थिए । अध्यक्ष विष्टले भने–‘थाहानगर ग्रामिण क्षेत्र, कृषि, पर्यटन, र व्यापारमा आधारित क्षेत्र भएकोले बजारको बचत गाउँमा लगानी गर्ने योजना रहेको छ ।’ मंगलदीपले ललितपुरको लगनखेल बाहेक ललितपुरकै ठैबमा समेत सेवा केन्द्र सदस्य सेवा केन्द्र शुभारम्भ गरी सेवा दिन थालिसकेको छ । 

मंगलदीपको मोबाईल बैंकिङ सुविधाबाट नै रेमिट गर्न सकिने, कनेक्ट आई.पि.एस. गर्न सकिने, सिधै खाताबाट वालिटमा लोड गर्न सकिने लगायतका विभिन्न सेवाहरु रहेको छ । 

मंगलदीप बचत तथा ऋण सहकारी संस्थाको कार्य क्षेत्र मकवानपुर जिल्लाभर नै रहेको अध्यक्ष विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif