Saturday, 27th July, 2024
वि.स.

थाहानगरमा भएको १० किलोमीटर दौडमा कार्कीलाई उपाधि

Cv-1615299867.jpg

मकवानपुर थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १० किलोमिटर नगरस्तरीय पुरुष दौड प्रतियोगितामा सागर कार्की प्रथम भएका छन् । थाहा नगरपालिका वडा नम्बर ३ का कार्कीले प्रथम भएसंगै नगद २० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएका छन् । उनले निर्धारित दुरी ४४ मिनेट १३ सेकेण्डमा पार गरेका थिए । 

प्रतियोगितामा थाहा–११ का विकास लो द्वितीय भएका छन् भने थाहा–३ का बबित लामा तृतीय भएका छन् । द्वितीय र तृतीय हुनेले क्रमशः नगख १० हजार, ५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएका छन् । लो ले ४५ मिनेट ४६ सेकेण्ड र लामाले ४६ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । दामन डाँडाबास सडकमा भएको प्रतियोगिताका विजयीहरुलाई थाहा नगरपालिका उपप्रमुख खड्ग गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यका भएको प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विकास तामाङ, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका खेलकुद स्वयंसेवक राजीव स्याङ्तान, पालुङ प्राथमकि स्वास्थ्य केन्द्रका डाक्टर रिकेश कार्की, पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामा, फरक सोचका संयोजक यादवजंग रायमाझीलगायतकाको आतिथ्यता रहेको थियो । 

थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको सभाध्यक्षतमा भएको पुरस्कार वितरण कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपालीले विजयी तथा सहभागी खेलाडीहरुलाई बधाइ दिए । उनले आगामि वर्षहरमा थप परिस्कृत गर्दै खेलकुदलाई अघि बढाउने र एथ्लेटिक्स अन्तर्गतको दौड प्रतियोगितालाई फराकिलो ढंगले अघि बढाउने बताए । 

२३ जना सहभागी प्रतियोगितामा पालुङ जेसीज तथा फरक सोचका स्वयंसेवकहरुले विशेष सहयोग गरेका थिए । उनीहरुले दौडलाई व्यवस्थित बनाउनका लागि मद्दत गरेका हुन् । 

फोटोहरुः गणेश विष्ट/थाहा टाइम्स



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)