Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा फौजी कीराको प्रकोप, नगरद्वारा नियन्त्रणको प्रयास

american-fauji-kira-1626961024.jpg

नगरपालिकाको विभिन्न वडाहरुमा अमेरिकी फौजी कीराको प्रकोप देखिएपछि थाहा नगरपालिकाले विषाधि पठाएको छ । वडाको ७,८, ११ र १ नम्बरको झम्केश्वरी क्षेत्रमा  मकैबालीमा देखिएको अमेरिकी फौजी कीरा नियन्त्रण गर्न नगरपालिकाको कृषि विकास शाखाले विषाधि पठाएको हो । 

नगरपालिकाको आकस्मिक बाली संरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई निःशुल्क रुपमा वितरण गर्नका लागि माग अनुसार विषाधि पठाएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख सञ्जय तिवारीले बताए । वडा कार्यालयमार्फत् विषाधि वितरण गरिने उनले जानकारी दिए । 

‘नगरको अधिक मकै खेती गरिने क्षेत्रलाई लक्षित गरिएको हो, अन्य ठाउँबाट माग आए सोही अनुसार व्यवस्था गर्छौँ,’ उनले भने । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०