Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा प्रहरी नागरिक सुनुवाइ

IMG_20211119_104849-1637298364.jpg

ईलाका प्रहरी कार्यालय पालुङले थाहानगरमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।

३ मंसिरमा आयाेजित कार्यक्रममा पालुङ प्रहरी प्रमुख (प्रहरी निरीक्षक) श्रीराम तिमिल्सिनाले प्रहरीले गरिरहेको नियमित गतिविधि तथा थाहा नगरमा हुने गरेको अपराधिक गतिविधिको बारेमा स्पष्ट पारे । प्रहरी निरीक्षक तिमिल्सिनाले साइवर अपराध, मापसेले समाजमा पारिरहेको असर, नागरिकको आनीबानीले पारिरहेको असर लगायतका बारेमा स्पष्ट पारे ।

कार्यक्रममा सहभागीहरुले थाहानगरमा युवाहरु दूर्व्यशनमा फस्ने गरेको, भट्टीहरुमा राती अबेरसम्म होहल्ला हुने गरेको, स्थानीय औषधि पसलहरुमा दूर्व्यशनीका औषधिहरु समेत विक्री गर्ने गरेको गुनासो राखेका थिए ।

नागरिकको जिज्ञासाको जवाफ दिदै प्रहरी निरीक्षक तिमिल्सिनाले तत्काल बजार अनुगमन गरेर समस्या समाधान गर्ने बताए । कार्यक्रममा थाहा नगर प्रमुख लबशेर विष्टले जनता स्वयं बर्दी बिनाको प्रहरी रहेको हुँदा अपराध रहित समाजको निर्माणका लागि सबै सजग रहन अपिल गरे ।

कार्यक्रमा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, वडाध्यक्षहरु गुप्तबहादुर कार्की
र राजेश केसीको आतिथ्यता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०