Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा नागरिक आरोग्य सेवा केन्द्रको शुभारम्भ

नागरिक आरोग्य सेवा केन्द्रको शुभारम्भ भएको छ । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको विकास घरमा सेवा केन्द्रको एक समारोहकाबीच थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले उद्घाटन गरेका हुन् । नारायणी आयुर्वेदिक औषधालयले थाहानगरमा सेवा केन्द्र स्थापना गरेको हो । विकास घरमा स्थापना गरिएको सेवा केन्द्रमा एक कविराजसहित ३ जना कर्मचारी रहने औषधालयले जनाएको छ । 

आयुर्वेदिक उपचार पद्दतीको सेवा केन्द्र नगरमा पहिलो पटक स्थापना भएको र यसको विस्तारका लागि आफूले सक्दो सहयोग गर्ने नगर प्रमुख लवशेर विष्टले बताए । सेवा केन्द्रलाई पछि अस्पतालकै रुपमा विकास गर्न नगर तयार रहेको विष्टले बताए । जिल्लामा ४ वटा सेवा केन्द्रको विस्तारका क्रममा थाहानगरमा एउटा सेवा केन्द्र विस्तारको लागि अनुरोध गर्दै आएको बताउँदै स्थापना भएकोप्रति खुशी व्यक्त गरे । नागरिक आरोग्य सेवा केन्द्रले सर्वसाधारण नागरिकलाई आयुर्वेदिक औषधिको महत्वबारे बुझाउनु पर्ने विष्टले बताए । 

कार्यक्रमा आरोग्य सेवा केन्द्रका नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेसका नगर सभापती योगेन्द्र मान श्रेष्ठ, राप्रपाका नगर अध्यक्ष हरेराम कार्की, नेकपा बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श, थाहा नगरपालिका वडा न  ३ का वडा अध्यक्ष राजेश केसी, वडा न ४ का वडा अध्यक्ष दिपक सिंह लामा, थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, स्वास्थ समयोजक मेघराज बलामीलगायतकाको आतिथ्यता रहेको थियो । नारायणी अञ्चल आयुर्वेदिक औषधालयका शकुन्तला पराजुलीले स्वागत गरेको कार्यक्रम औषधालयका डाक्टर सृष्टि श्रेष्ठको सभाध्यक्षताामा सम्पन्न भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif