Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा थप कडाईः नियम उलंघन गरे कारबाही !

IMG-1620700859.jpg

कोरोनिा संक्रमण तथा नियन्त्रणका लागि मकवानपुर थाहानगरमा लगाइएको निषेधाज्ञाको परिपालनाको लागि प्रशासनले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जजारी गरेको निषेधाज्ञा पालना गर्न नागरिकहरुलाई थाहा नगरपालिकाले आग्रह गरेको छ । 

निषेधाज्ञालाई उलंघन गरेमा कानुन बमोजिम कारबाही हुने कोभिड रोकथाम तथा निइत्रण्न निर्देशन समिति थाहानगरले २६ वैशाखमै निर्णय गरेको छ । निषेधाज्ञा कार्यान्वयन अनुगमनका लागि इलाका प्रहरी कार्यालय पालुङ र नगर तथा वडामा गठित समितिहरु खटिएका छन् । पालिकाले सम्प्ूर्ण नागरिकहरुलाई घरैमा बस्न र अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।  

थाहामा २७ वैशाखमा मात्र १६ जना संक्रमित थपिएका छन् । यो समेत थाहामा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेका छन् । तीमध्ये ५ जनाको नगरबाहिर उपचार भैरहेको छ भने १ सय २४ जना होम आइसोलेशनमा छन्, एक जना भीमफेदी गाउँ पालिकाका छन् । २ को मृत्यु र ३ जना निको भैसकेको छ ।

यसैबीच बज्रबराहीमा निर्माण गरिरहेको आइसोलेशन पुर्ण रुपमा तयार भएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । आइसोलेशनमा २० बेडको क्षमता रहनेछ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif