Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा थप एक सङ्क्रमितको मृत्यु

corona-update-thahatimes-1622295233.jpg

थाहा नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर ६ का ८५ वर्षका पुरुषको शनिबार मृत्यु भएको थाहा नगरपालिकाले जनाएको छ ।

गत ८ जेठमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेशनमा रहेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा स्वास्थ्य केन्द्रमै उनको मृत्यु भएको चिकित्सकले बताएका छन् ।  उनको शब  नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । 

शनिबार एक सङ्क्रमितको मृत्यु भएसँगै थाहा नगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif