Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा तरकारी तथा फलफूल संकलन केन्द्र शिलान्यास

129561150_277411643950192-1607097777.jpg

मकवानपुर थाहा नगरपालिका ३ मा रहेको जनशक्ति कृषक सहकारी संस्था लिमिटेडको तरकारी तथा फलफूल संकलन केन्द्रको एक कार्यक्रम बीच शिलान्यास गरिएको छ । राष्ट्रिय सहकारी महासंघका संचालक तथा मकवानपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष नारायणप्रसाद देवकोटाले संकलन केन्द्रको शिलान्यास गरेका हुन् ।

सहकारी संस्थाका अध्यक्ष बिमल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लि.का निबर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, उपाध्यक्ष मेनुका दाहाल, सचिव दिनेश उपाध्याय, कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य बिमला कार्की, संघका ब्यवस्थापक गोबिन्द दाहाल, कार्यक्रम संयोजक शिबहरि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

संकलन केन्द्र सहकारी बजार बिकास कार्यक्रम अन्तर्गत मकवानपुर जिल्ला सहकारी संघ मार्फत निर्माण गरिने र निर्माणमा सहकारी बजार बिकास कार्यक्रमको ७० प्रतिशत र सहकारी संस्थाको ३० प्रतिशत लागत साझेदारी रहेको छ । संकलन केन्द्र निर्माण पश्चात् कृषकहरुको उत्पादनलाइ सहज रुपमा बजारिकरण गर्न सहज हुने संस्थाका अध्यक्ष बिमल केसीले बताए ।