nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता शुरु

Vollyball-1616685773.jpg

शहीद सुनिता गोपालीको स्मृतिमा मकवानपुरको थाहानगरमा क्रियाशील रेस्पेक्ट युवा क्लबको आयोजनामा जिल्लास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । 

थाहा नगरपालिका वडा नम्बर १  कुन्छालमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको राष्ट्रिय सभा सदस्य तथा सांसद रामनारायण विडारीले एक समारोहकाबीच १२ चैत्रमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा थाहानगर प्रमुख  लवशेर बिष्टको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हेरमान गोपाली, ६ नम्बर वडाअध्यक्ष शशीधर सुवेदी, थाहा ३ का वडा अध्यक्ष राजेश केसी, शहीद सुनिता गोपालीकी माता मैजुमायाँ गोपाली, विभिन्न् संघ संस्थाका प्रमुख तथा प्रतिनीधिको सहभागिता रहेको थियो । 

मकवानपुर जिल्लाको १४ टिमको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा मनोज स्याङ्तान र सपना बस्नेत रहेका छन । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)