Friday, 3rd July, 2026
वि.स.

थाहानगरमा क्यान्सर रोगी बढेको बढ्यै !

Cancer-1611669205.jpg

मकवानपुर थाहा नगरपालिकामा कडा खालको रोगीको संख्या वृद्धि भएको छ । थाहा नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नगरमा कडा खालका रोगीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको हो । नगरपालिकामा मुख्य रुपमा क्यान्सर सरोगीको संख्या तुलनात्मक रुपमा बढ्दै गएको स्वासथ्य शाखाका मेघराज बलामीले जानकारी   दिए । उनले भने–‘थाहानगरमा देखिने कडा खालका रोगी मध्ये धेरैजसो    क्यान्सर रोगी रहेका छन् ।’

बिपन्न नागरिक औषधि उपचार सहायता प्रदान गर्न बनेको “बिपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ लागू भएयता थाहा नगरपालिका स्थानीय सिफारिस समितिले ९६ जना कडा खालका रोगीहरुलाई उपचार सिफारिस गरेको बलामीले जानकारी     दिए । नगरमा निर्देशिका कार्यान्वयनको प्रारम्भको बखत वि.सं. २०७५ फागुनदेखि असार सम्म १० जना र आर्थिक वर्ष २०७६÷०७७ मा ७४ जना तथा चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा १२ जनामा कडा खालको रोगीको संख्या पाईको स्वास्थ्य शाखाले जनाएको छ । थाहा नगरपालिकामा महिला र पुरुष कडा रोगीको संख्या हालसम्म बराबरी  रहेको तथ्याङ्क छ । नगरपालिकाको तथ्याङ्क अनुसार शुरुको १० जनामा देखिएको कडा रोगीमा  ६ महिला र ३ जना पुरुष रहेका छन् भने आर्थिक वर्ष २०७६÷०७७ मा ३६ महिला र ३८ पुरुष तथा चालु आर्थिक वर्षको मंसिरसम्मा ५ महिला र ७ पुरुषमा कडा खालको रोग देखिएको हो । 

कडा रोगी मध्ये सबैभन्दा बढि वडा नम्बर १ मा रहेको छ । वडा नम्बर १ मा हालसम्म २४ जना कडा रोगी रहेका   छन् ।  त्यस्तै वडा नम्बर २ र ९ बढि कडा रोगी भएको दोस्रो स्थानका वडा हुन् । ति वडामा १३/१३ जना कडा रोगीको उपचारको लागि सिफारिस भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर १२ मा ११ र ११ नम्बर वडामा १० जना कडारोगीले उपचारको लागि सिफारिस लिएका छन् । त्यस्तै यसपछि वडा नम्बर ६, ३ मा बढि कडा रोगीले उपचारको लागि सिफारिस भएका छन् भने सबैभन्दा कम सिफारिस भएका वडा नम्बर १० रहेको छ । वडा नम्बर १० बाट २ जना पुरुषले मात्र कडा खालको रोगको   उपचारको लागि सिफारिस लिएका छन् । 

नगरपालिका क्षेत्रमा सबैभन्दा बढि क्यान्सरका रोगीहरु रहेको तथ्याङ्कले देखाएको छ । हालसम्मको विवरण अनुसार कुल ९६ जना कडा रोगीमा ४६ जनाका क्यान्सर भएको पाइएको छ । त्यसमध्ये महिला २६ र पुरुष २० जना रहेका  छन् । त्यसपछि नगर क्षेत्रमा मुटु रोगीको संख्या बढि रहेको छ । नगरमा हालसम्म २७ जना मुटु रोगीहरुलाई सरकारले उपलब्ध गराउने आर्थिक सहायताको लागि स्थानीय समितिले सिफारिस गरेको छ । सिफारिस गरेकामध्ये १३ महिला र १४ पुरुष रहेका छन् । मृगौला पीडित ११ जनालाई नगरपालिकाले सिफारिस गरेको छ । यसमध्ये ४ जना महिला ७ जना पुरुष रहेका छन् । त्यस्तै अन्य खालका कडा रोगी जम्मा १२ जना रहेका छन् । यसमध्ये महिला ५ र पुरुष ७ रहेका छन् । अन्य भन्नाले टाउकोको गम्भीर चोटपटक लगायतका गम्भीर खालका चोट पटकका विरामीहरु भएको स्वस्थ्य शाखाले जनाएको छ ।

कडा खालको रोगको उपचारको लागि नेपाल सरकारले स्थानीय पालिकाको सिफारिसमा १ लाख रुपियाँसम्म उपचार खर्च व्यहोर्ने गरेको छ । स्थानीय पालिका प्रमुखको संयोजकत्वमा रहेको स्थानीय सिफारिस समितिले सिफारिस गरेपछि तोकिएको अस्पतालहरुले उक्त सुविधा प्रदान गर्ने गरेको छ । स्थानीय सिफारिस समितिले बिपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ु ले तोके बमोजिमको सुचिकृत कडा रोग लागेको व्यक्तिले ल्याएको अस्पतालको प्रमाणित कागजातको आधारमा यस्तो सिफारिस दिने व्यवस्था रहेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०