Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा कोरोना बढेको बढ्यै !

COROOO-1620922322.jpg

थाहानगरमा लगातार कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । ३० वैशाखमा आफै स्वास्थ संस्था पुगेका २१ जनामध्ये १२ जनामा कोरोना पोजेटिभ देखेको छ । ३० वैशाखमा वडा नम्बर १ मा ४, २ मा १, ३ मा ३, ५ मा २ र १० नम्बरमा २ जना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति १४ दिन आइसोलेशन र तिनका परिवार कम्तिमा ५ दिन होम क्वारेन्टाइन बस्नु पर्ने व्यवस्था भएपनि लापरबाही रुपले बाहिर डुल्नाले संक्रमण बढिरहेको अनुमान गरिएको छ ।

त्यसैगरी, सुरुसुरुमा सामान्य लक्षण देखिना साथ सुरक्षित नबस्ने र स्वास्थ्य परिक्षण नगर्नाले संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । बिहीबार समेत गरि थाहानगरमा दोस्रो भेरियन्ट पछि मात्र १ सय ७५ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

तीमध्ये ८ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ५९ जना होम आइसोलेशनमा रहेको डा. रिकेश कार्कीले बताए । होम आइसोलेशनमा रहेका सबै बिरामीहरुको अवस्था सामान्य रहेको डा. कार्कीले बताए ।

संक्रमित परिवारका सदस्यहरु खुल्ला नहिड्न प्रशासनले आग्रह गरेको छ । समाजमा जोखिम हुनेगरी खुल्ला हिडेको पाइएमा स्वास्थ्य कार्यालय, कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिका पदाधिकारीहरु वा प्रहरीमा खवर गर्न अनुरोध गरिएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०