nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा किसान–२ परियोजनाले किसानलाई व्यवसायी बनाउँदै, व्यवसायिक बाख्रा पालनमा १००० परिवार आवद्ध

palung-bahuddeshiya-1635171942.jpg

थाहा नगरपालिकामा युएस–एड र पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाले किसान परियोजना सञ्चालन गरेपछि स्थानीय कृषकहरु थप व्यवसायी बन्दै गएका छन् । यसअन्तर्गत ८ कात्तिकमा व्यवसायिक बाख्रापालक कृषक र स्थानीय मासु विक्रेता तथा खसीबोका व्यापारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

युएस–एड र सहकारीको सहलगानीमा सञ्चालित किसान–२ परियोजनाअन्तर्गत् बाख्रापालक कृषक र मासु विक्रेता तथा खसीबोका व्यापारी सहभागी गराई अन्तरक्रिया गरिएको परियोजना संयोजक रामप्रसाद ढकालले जानकारी दिए । 

बाख्रापालक कृषकलाई बजारीकरणमा सहजीकरण गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको परियोजना संयोजक ढकालले जानकारी दिए । ‘अब मासु पसले र खसीबोका ब्यापारीले सिधै किसानसँग सम्पर्क गर्न सक्छन् र किसानले पनि सिधै व्यापारीलाई भेट्न सक्छन्, बाख्रापालक कृषकहरुलाई बजारसँग जोड्न कार्यक्रमले सहयोग गरेको छ,’ अन्तरक्रिया कार्यक्रमपछि परियोजना संयोजक ढकालले थाहाटाइम्ससित भने । 

कार्यक्रममा थाहा नगरपालिका र कैलाश गाउँपालिका–५ का कृषकहरु सहभागी थिए । परियोजना संयोजक ढकालले सहजीकरण गरेको कार्यक्रममा सहभागी कृषकहरुले परियोजनाबाट व्यवसायिक बाख्रापालनमा सहयोग पुग्नुका साथै बजारीकरणमा समेत सहजीकरण गरेकोमा खुशी व्यक्त गरेका थिए । 

अहिले किसान–२ परियोजनाबाट १००० घरपरिवार लाभान्वित छन् । ४० वटा बाख्रापालन समूहमा आवद्ध ती परिवारको व्यवसायिक बाख्रापालनमा परियोजनाको तर्फबाट आवश्यक तालिम, औषधि, भ्याक्सिन, घाँस खेती, परामर्श लगायत सहयोग उपलब्ध हुँदै आएको छ । परियोजना अन्तर्गत् दुई जना पशु प्राविधकहरु खटिएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)