Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा काव्य उत्सव 

Bartaula-1578367603.jpg

क्रान्ति पुरूष रूपचन्द्र बिष्टको ८६ अौ जन्म उत्सवको अवसरमा आयोजित थाहा नगर स्तरिय विशेष काव्य उत्सव होटल शंकर शिखरकाटमा सम्पन्न भएको छ ।    फरक सोच र पालुङ साहित्य परिषद्को संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पालुङ क्याम्पसका प्रमुख रामहरि अधिकारी रहेका थिए भने साहित्यकार मधुसूदन कार्की तथा जनमुखी अभियानका अकलबहादुर केसीले विशेष अतिथि रहेका थिए  । 
  सामाजिक, सांस्कृतिक रूपान्तरणकालागि  विभिन्न कार्यक्रम सम्पादन गर्दै आएको फरक सोचले अवकादिन देखि भाषिक र साहित्यिक विकासलागि पनि संस्थागत काम गर्ने र त्यसको कडीको रूपमा यो काव्य उत्सव गरिएको कुरा  अध्यक्ष यादव रायमाझीले कार्यक्रममा बताए । भौतिक विकासले मात्रै नगर सम्पन्न हुदैन साँचो अर्थमा कुनै पनि ठाउँ उन्नत बनाउँने हो भने त्यो भूगोलको सांस्कृतिक ,सामाजिक र भाषिक विकासको निम्ति स्थानिय सरकारले नीत तथा कार्यक्रम लागू गर्नु पर्ने तर्क पालुङ साहित्य परिषद्को अध्यक्षले बताए । 

रूपचन्द्र विष्टको ब्यक्तित्व र कृतित्व माथि विमर्श गर्दै संञ्चालन भएको काव्य उत्सवमा एक दर्जन कविहरूले आआफ्नो सिर्जना वाचन गेका थिए । ककार्यक्रममा हरिकृष्ण कार्की ,सुरेश कार्की निसाद , शिवकुमार ढकाल , शुसान्त तमाङ, नवराज बर्तौला , शालिकराम बर्तौला ,अभिराज खाति ,मधुसूदन कार्की ,रामकुमार वल ,विरोध रायमाझी लगायतको सहभागीता रहेको थियोे ।

कार्यक्रमको सभापति बिर्खे अञ्जान हुनुहुन्थ्यो भने संचालन कौसिला वाइवाले गरेकी थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif