Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा एक सातामा ४९ सङ्क्रमित थपिए, निको हुने दर स्थिर

thaha-update-corona-thaha-1625819019.jpg

थाहा नगरपालिकामा १९ असारदेखि २४ असारसम्मको अवधिमा ४९ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा थाहा नगरमा कूल १०० जनामा परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । यसले सङ्क्रमणदर पनि ४९ प्रतिशत नै देखिएको छ । 

१९ असारमा ३ जना, २० मा ६ जना, २१ मा ५ जना, २२ मा ९ जना, २३ मा १८ जना र २४ असारमा ८ जनालाई कोरोना देखिएको छ । 

थाहानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि त्यसको तुलनामा निको हुने दर भने बढेको देखिएको छैन । थाहा नगरपालिकाले सार्वजनिक गरेको दैनिक प्रतिवेदन अनुसार १९ असारदेखि अहिलेसम्म निको हुने दर स्थिर रहेको छ । १९ असारमा निको हुनेको सङ्ख्या ७१८ रहेकोमा त्यसयता निको हुने एक जना पनि बढेको देखिएको छैन । 

अहिले थाहा नगरपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २०८ रहेको छ । थाहामा १८ असारसम्म सङ्क्रमितको सङ्ख्या १५९ रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०