Thursday, 2nd July, 2026
वि.स.

थाहानगरमा एकै दिन ६ जनामा कोरोना एन्टिजिन पोजेटिभ 

COROOO-1619363572.jpg

मकवानपुर थाहा नगरपालिकामा एकै दिन ६ जनामा कोभिड–१९ एन्टिजिन पोजेटिभ देखिएको छ । १२ वैशाखमा एन्टिजिन पोजेटिभ देखिएका अधिकांश महिला छन् । २० जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको हो । 

थाहा नगरपालिका वडा नम्बर ६ का ४ महिला र १ पुरुष तथा थाहा नगरपालिका वडा नम्बर ३ की एक महिलामा एन्टिजिन पोजेटिभ देखिएको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रिकेश कार्कीले जानकारी दिए । उनीहरु मध्ये एक स्वास्थ्यकर्मी र एक सरकारी कर्मचारी रहेका छन् । 

एन्टिजिन पोजेटिभ देखिएका सबैलाई होम आइसोलेशनमा बस्नका लागि अनुरोध गरिएको डाक्टर कार्कीले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०