Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा एकदिन निषेधाज्ञा थपियो [हेर्नुहोस सूचनासहित ]

मकवानपुर थाहा नगरपालिकामा जारी निषेधाज्ञा एक दिन थप भएको छ । 

थाहा नगरपालिकाले १५ भाद्रमा सुचना प्रकाशन गरी निषेधाज्ञालाई एक दिन थप जानकारी गराएको छ । नगरपालिकाको सूचना अनुसार १६ भाद्र राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको छ । थाहानगरमा थप भएको सुचना अनुसार हाल कायम रहेको मापदण्डमै एक दिन निषेधाज्ञा जारी रहने भएको हो । 

नगरपालिकाले १७ भाद्रदेखि कुन मापदण्डमा निषेधाज्ञालाई थप गर्ने वा नगर्नेे भन्ने विषयमा भने १६ भाद्रमा बस्ने थाहानगर कार्यपालिकाको बैठकले तय गर्ने नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए । १६ भाद्र विहान ११ बजे बस्ने कार्यपालिका बैठकले थप मापदण्ड तय गरेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि कार्य गर्ने जनाइएको छ ।

यसैबीच थाहा नगरपालिकाको आयोजनामा १५ भाद्र दिउँसो भएको सर्वपक्षिय बैठकका सहभागीहरुले  निषेधाज्ञालाई खुकुलो बनाउन सुझाव दिएका थिए । 

विहानको पसल र बैंक खुल्ने समयलाई केही थप गरेर अवस्था सहज बनाउन सुझाव दिइएको राष्ट्रिय उपभोक्ता मञ्चका थाहानगर अध्यक्ष प्रमोद जोशीले जानकारी दिए । बैठकमा नेकपा थाहानगरका सचिव सानुकाजी गोपाली, नेपाली काँग्रेसका थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, बज्रवाराही बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठलगायतकाको सहभागिता रहेको थियो ।

पालुङ जेसीज सभाहलमा भएको सर्वपक्षिय बैठक थाहानगर उपप्रमुख खड्ग गोपालीको अध्यक्षतामा भएको थियो ।  

 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif