Tuesday, 25th August, 2026
वि.स.

थाहानगरको स्वास्थ्य सामग्री खरिदको ३ वटा ठेक्का एउटै कम्पनीलाई 
नगरपालिकाले एक्सरे मेसिनसहित रु. ३७ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गर्दै

थाहा नगरपालिकाको स्वास्थ्य सामग्री खरिदसम्बन्धी ठेक्का एउटै कम्पनीलाई परेको छ । नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को २५, २६ र २७ नम्बरको स्वास्थ्य सामग्री खरिद गर्ने सम्बन्धी ठेक्का एउटै कम्पनीलाई परेको हो । 

थाहा नगरपालिकाले गत ११ जेठमा विज्ञापन प्रकाशन गरी नगरपालिकाको लागि औषधि खरिद तथा आपूर्तिसम्बन्धी (बोलपत्र नम्बर २५), स्वास्थ्य केन्द्रका लागि औषधि तथा सर्जिकल सामग्री खरिद तथा आपूर्तिसम्बन्धी विज्ञापन( बोलपत्र नम्बर २६) र एक्स–रे मेशिन तथा सिआर सिस्टम खरिदसम्बन्धी विज्ञापन( बोलपत्र नम्बर २७) आह्वान गरेको थियो । 

विद्युतीय माध्यमबाट प्राप्त बोलपत्रहरुमध्ये मूल्याङ्कन गर्दा सारभूत रुपमा प्रभावकारी देखिएकोले ३ वटै ठेक्का मेडे सेल्स फर्मालाई परेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको लागि औषधि खरिद तथा आपूर्ति मूल्य अभिवृद्धि करसहित रु. पाँच लाख १२ हजार ७१५, स्वास्थ्य केन्द्रका लागि औषधि तथा सर्जिकल सामग्री खरिद तथा आपूर्ति रु. चार लाख छ हजार ६४१ र म्बन्धी विज्ञापन(ठेक्का नम्बर २६) र एक्स–रे मेशिन तथा सिआर सिस्टम खरिद  रु. २७ लाख ८० हजार ७१५ मा परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif