Monday, 17th August, 2026
वि.स.

थाहाको शिखरकोटमा घैटो फुटाइयोः आग्रा युवा समूह प्रथम

मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना हुने प्रतियोगितामा यस वर्ष आग्राको युवा समूह प्रथम भएको छ । 

शिखर क्लबको आयोजनामा ३१ साउनमा भएको प्रतियोगितामा  पाथीभरा युवा समूह  द्वितीय र आग्राको युवा समूह तृतीय भएको क्लबका अध्यक्ष अनित केसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका टिमलाई क्रमशः सात हजार पाँचसय, पाँच हजार र तीन हजार रुपियाँ नगद पुरस्कार वितरण गरिएको थियो । 

प्रतियोगिताको लागि तीन दिन्दाभिन्दै स्थानमा घैटो झुण्ड्याइएको थियो । प्रतियोगितामा थाहानगरका चार टिमको सहभागिता रहेको थियो ।
मेलामा थाहानगर सहित मकवानपुरका इन्द्रसरोवर, भीमफेदी र कैलाश गाउँपालिका तथा धादिङका समेत दर्शकहरु आएका थिए । 

तस्वीरहरु: गणेश प्रसाद विष्ट/थाहानगर



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif