Friday, 3rd July, 2026
वि.स.

थाहानगरको बज्रवाराहीमा सुपथमूल्य फलफूल पसलः ४० प्रतिशतसम्म सस्तो

Maina-1604841720.jpg

मकवानपुर थाहानगरमा क्रियाशील मैना कृषि सेवा प्रा.लि. ले फलफूल सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । 

थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा कोल्डस्टोर संचालन गरिरहेको मैना कृषिले सबैभन्दा पहिले बज्रवाराहीमा सुपथ मुल्य पसल संचालन गर्ने जनाएको छ । थाहा–६ बज्रवाराहीमा २४ कात्तिकमा पसलको शुभारम्भ गर्ने मैना कृषि सेवा संचालक राधाकृष्ण विष्टले जानकारी दिए । 

सबै किसिमको फलफूल पाइने गरी हाललाई बज्रवाराहीमा शुरु गरिए पनि भविष्यमा नगरका प्रमुख बजारहरुमा सुपथ मूल्य पसल संचालन गर्ने संचालक विष्टले जानकारी दिए । संचालक विष्टका अनुसार–‘बजारका खुद्रा पसलमा पाइने भन्दा ४० प्रतिशतसम्म कम मुल्यमा सुपथ मूल्य पसलमा फलफूल खरिद गर्न सकिन्छ ।’ 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०