Wednesday, 26th August, 2026
वि.स.

पूजा मात्र गरि बाराही जात्रा सम्पन्न गरिने

File-Phoro-1621417344.jpg

गत वर्ष कोभिड-१९ का कारण स्थगित उत्तरी मकवानपुरको प्रख्यात ३ वर्षे बाराही जात्रा यो वर्ष पनि दोस्रो भेरियन्टको प्रकोपका कारण पूजा मात्रै गरिने भएको छ ।

गुठी व्यवस्थापन समितिको ५ जेठमा बसेकाे बैठकले कोभिड-१९ को प्रकोपका कारण एक दिन निश्चित व्यक्तिहरुको मात्र सहभागिता हुने गरि नित्य पूजा गरेर सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए । तिथि अनुसार जेठ १५ देखि १७ गतेसम्म गर्नु पर्ने जात्राको आन्तरिक तयारी भने जेठ ८ गतेबाटै सुरु हुने भएकोले कोरोनाको संक्रमणको जोखिम बढ्ने भन्दै नगरपालिकाले जात्रा नगर्न आग्रह गरेको थियो । गत २ जेठमा गुठी तथा गुठियारहरुलाई नगरपालिकाले बैठक बोलाइ जात्रा स्थगन गर्न सुझाएको थियो ।

समितिले पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढेपछी अब एकै चोटि बि.स.२०८० सालमा अर्को जात्रा गर्ने गरि यो पटक पूजा मै सिमित गरिन लागेको हो । ३ दिनसम्म चल्ने जात्रालाई यस वर्ष सिमित मानिसका बीच एकै दिनमा नित्य पूजा सम्पन्न गरि जात्रा समापन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif