Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको फेदीगाउँमा जोखिम बढ्यो

Day-1625250395.jpg

मकवानपुरको फेदीगाउँ क्षेत्रमा निरन्तरको वर्षाले जोखिम बढेको छ । 

वर्षाका कारण खोला र खहरेको सतह बढेपछि स्थानीयहरु फेदीगाउँको चौतारा क्षेत्रमा सरेका छन् । कतिपय भने घाटदेवी निमाविमा आश्रय लिन पुगेको सहकर्मी जनक तामाङले जानकारी दिए । 

केही दिनदेखि निरन्तर परेको वर्षाले थाहानगरका ग्रामिण सडकहरु भत्किएका छन् ।