Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको पालुङमा नेपाल सम्वत ११४१ को अवसरमा शुभकामना कार्यक्रम

Jhanda-1605538156.jpg

यस वर्षका चाडपर्वहरु अघिल्ला वर्षहरुको जस्तो हुँदै भएनन् । कारण, विश्वमहामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण बढ्यो । मकवानपुरको थाहानगरमा पनि संक्रमितहरु बढिरहेका छन् । यसै भएर स्थानीय तह, संघ र प्रदेश सरकारले पनि सामान्य शुभकामना मात्र प्रदान गरी मनाइउन आग्रह गरेपछि पालुङका स्थानीयहरुले सहजै मानेको देखिन्छ । यद्यपि नेपाल संवत ११४१ को अवसरमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ पालुङमा नेपाल संवत सामान्य कार्यक्रम गरेर मनाउ । विल्कुलै नेवारी समुदायको जस्तो देखिने वा रहने तर वास्तवमा नेपालको अफ्नै मौलिक संवत्, राष्ट्रिय सम्बत नै नेपाल संवत् हो । 

नेपाल संवत् ११४१ को अवसरमा पालुङमा न्यून उपस्थिति तथा सामान्य ढंगले १ मंसिरमा कार्यक्रम गरिएको हो । विगत केही वर्षदेखि थाहा नगरपालिका भित्र रहेका ओखर गाउँ, गोपाली गाउँ र पालुङका युवाहरुको सक्रियतामा बृहत रूपमा मोटरसाइकल ¥याली तथा सांस्कृतिक कार्यक्रम गरी मनाइने गरेको भएपनि यसवर्ष कोरोना कहरका कारण सामान्य ढंगले मनाइएको पालुङ युवा समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठले जानकारी दिए । यस वर्ष १ मंसिरमा परेको नेपाल संवतको विशेष कार्यक्रम कोरोना भाइरसका कारण भौतिक दूरी कायम गरेर धेरै भिडभाड नगर्री स्थानीय तहको अनुरोधका आधारमा सामान्य रुपमा मनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने–‘न्हुँदा भिन्तुना मूल आयोजक समितिले पहिले नै सूचना जारी गरी सामान्य ढंडगले मनाउने योजना बनाएका थियौं, त्यही अनुसार कार्यक्रम गर्यौ ।’

यसैबीच नेपाल संवत्को अवसरमा पालुङको लामपाटी अगाडि रहेको राष्ट्रिय झण्डा फेरिएको छ । वर्षेनी नेपाल संवत्को पहिलो दिनमा फेरिने गरिएको राष्ट्रिय झण्डा यस वर्ष पालुङका जेष्ठ नागरिक गोपाल मान श्रेष्ठले फेरेका हुन् । ज्येष्ठ नागरिक श्रेष्ठको विशेष उपस्थितीमा स्थानीयहरुले झण्डा फेरेका हुन् । 

पालुङका स्थानीय रोजन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रमममा उनले कोरोना भाइरस संक्रमणको महामारीको बेलामा सचेत रही चाडबाडमा मनाउनको लागि अपिल गरे । संयोजक श्रेष्ठले नेपाल संवत्को शुभकामना आदान प्रदान गरी, स्थानीयको न्यून उपस्थितिमा भण्डोत्तोलन कार्यक्रम समापन समापन गरिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०