Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको पञ्चशील टोलका इमानसिंको घरमा आगलागी

4-1-1618022623.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ मा घरमा चट्याङ पर्दा आगलागी भएको छ । 

 टिष्टुङको पञ्चशील टोल, नागन्झालमा इमानसिं मोक्तानको घरमा २७ चैत्र बेलुकी परेको चट्याङले घरमा आगलागी भएको स्थानीय समाजसेवी मंगल तामाङले जानकारी दिए । ‘घरमा चट्याङ लागेपछि विद्युत सर्ट भई त्यहीबाट आगोलागी भएछ, स्थानीयहरुले निभायौं, मोक्तानले भने,–‘घटना गाउँ भित्र भएको र साँघुरो सडक भएकोले नगरपालिकाको दम्कल पनि जान संभव थिएन ।’ बेलुकी साँढे ७ बजे लागेको आगो स्थानीयहरुले साँढे नौ बजे मात्र नियन्त्रणमा लिएका थिए । 

चट्याङपछि घरको तेस्रो तल्लामा रहेको खोस्टा र परालमा आगो सल्किएको स्थानीयहरुले बताएका छन् । आगलागी भएपछि घरको माथिल्लो दुइ तला कामै नलाग्नी गरी क्षती भएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif