Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको दामन–डाँडाबास सडकमा सवारी दुर्घटना, एकजना गम्भीर घाइते 

Accident-1609424468.jpg

मकवानपुर थाहा नगरपालिका अन्तर्गत दामन–डाँडाबास सडक खण्डको चौबास जाने मोड नजिकै डाँडामा सवारी दुर्घटना भएको छ । 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासमा सवारी दुर्घटना हुँदा १ जना गम्भिर र २ जना सामान्य घाइते भएका छन् ।  घाइते हुनेमा चालक दोलखा गौरीशंकर-१ बस्ने ४० बर्षीय दिनेश दाहाल, गाडिमा सवार मण्डनदेउपुर-४ का विजय लामा र थाहा-७ गैरीगाउँका ३१ बर्षीय प्रेम लामा रहेका छन् । घाइतेमध्ये दाहाल र विजय लामालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने प्रेम लामा पालुङमा उपचारपछि डिस्चार्ज भएका छन् ।

काठमाडौंबाट तरकारी लिन डाँडाबास गैरीगाउँतर्फ गइरहेको बा १८ च ७४५२ नम्बरको जीप चौबासतर्फ जाने मोड नजिक सडकमा जमेकाे तुषाारोका कारण सडकबाट करिब ५० मिटर तल जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।