Monday, 24th August, 2026
वि.स.

थाहाको तरकारी निकासीका लागि मुख्यमन्त्री पौडेलको चासो

बेमौसमी तरकारीको पकेट क्षेत्र मकवानपुरको थाहानगरमा उत्पादित हरियो तरकारीलाई बजारसम्म पु¥याउने विषयमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले चासो व्यक्त गरेका छन् । 

थाहानगरमा उत्पादित तरकारीलाई बजारसम्म सहजै पु¥याई किसानको उत्पादन उपभोक्तासम्म पु¥याउने विषयमा योजना बनाइ रहेको मुख्य मन्त्री पौडेलले बताएका छन् । यस विषयमा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र मुख्य मन्त्री पौडेलबीचको छलफल भएको छ । किसानको उत्पादनलाई बजारीकरणको लागि जिल्ला सहकारी संघसंग पनि छलफल भएको मन्त्रालयले जनाएको छ । 

थाहानगरको बज्रवाराही र चित्लाङमा उत्पादित तरकारी बजारसम्म सहजै पु¥याउन नसक्दा ठूलो क्षति व्यहोर्नु पर्ने भएपछि नगर प्रमुख लवशेर विष्टले यसको व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गर्दै आएका छन् । नगर प्रमुख विष्टले यसअघि पनि मुख्य मन्त्री पौडेल तथा कृषि मन्त्री लामालाई भेटेर तरकारी निकासीको विषयमा जानकारी गराएका थिए । 

‘थाहानगरमा उत्पादन भएको तरकारी उपभोक्तासम्म पु¥याउनको लागि मुख्य मन्त्री ज्यू र कृषि मन्त्रीज्यूलाई जानकारी गराएको छु, नगर प्रमुख विष्टले भने–‘उहाँहरुबाट सकारात्मक प्रतिक्रिया आएको छ, सकेसम्म तरकारी ढुवानीमा केही सहयोग जुटाउने प्रयासमा समेत लागेको छु ।’ थाहानगरको बज्रवारही र चित्लाङमा दैनिक ६०/७० टन सम्म निकासीको लागि तरकारी तयारी अवस्थामा रहेको कृषि सहकारी संघका केन्द्रिय लेखा समिति संयोजक महेश्वर सुवेदीले जानकारी दिए । बज्रवाराहीमा काउली, मुला, हरियो केराउ, बन्दालगायतको तरकारी तयारी अवसथामा रहेका छन् । 
 

र, यो पनि पढ्नुहोस् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif