Sunday, 16th August, 2026
वि.स.

थाहानगरको जनकल्याण माविका छात्रछात्रालाई ट्रयाक सुट वितरण

GP5-1631885252.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका ३ सय ५० जना छात्रछात्रालाई ट्रयाक सुट वितरण गरिएको छ । जि.पी. कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) को आयोजनामा ट्रयाक सुट वितरण गरिएको हो । 

जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रम फाउण्डेशनका क्षेत्र नम्बर २ (क) मकवानपुरका संयोजक प्रमोदकृष्ण जोशीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा जनकल्याणका इसिइडीदेखि कक्षा ८ सम्मका छात्रछात्राहरुलाई ट्रयाक सुट वितरण गरिएको संयोजक प्रमोदकृष्ण जोशीले बताए । थाहानगरमा चिसो महिना भित्रदै गर्दा विद्यालय पोशाकसंग मिल्ने न्यानो कपडा फाउण्डेशनले वितरण गरेको हो । 

कदरपत्र हस्तान्तरण ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्की, स्थानीय समाजसेवी निरोज प्रधान, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । विद्यालयका छात्रछात्राका लागि न्यानो कपडा ट्रयाक सुट हस्तान्तरण गर्ने जि.पी. कोइराला फाउण्डेशनलाई विद्यालयले कदरपत्र दिएको । अध्यक्ष स्याङ्तानले फाउण्डेशनका क्षेत्रिय संयोजक जोशीलाई कदरपत्र हस्तान्तरण गरेका हुन् । 

यसअघि पनि जि.पी. कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) का संयोजक प्रमोदकृष्ण जोशीको पहलमा थाहा–२ को पञ्चकन्या, थाहा–३ को जनता आधारभूत विद्यालयका छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । 

थाहा नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका जोशी विभिन्न सामाजिक काममा यसअघि देखि नै क्रियाशील व्यक्ति हुन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०