Monday, 24th August, 2026
वि.स.

थाहानगरको आन्तरिक आम्दानी बढ्यो, साँढे ८ करोड सङ्कलन

thaha-nagarpalika-1626957117.jpg

अघिल्लो वर्षको तुलनामा थाहा नगरपालिकाको आन्तरिक आम्दानी बढेको देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नगरको आन्तरिक आम्दानी रु. ४ करोड ९५ लाख ६० हजार रहेकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साँढे तीन करोडले बढेर रु. साँढे ८ करोड आम्दानी भएको हो ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा थाहा नगरपालिकाको आन्तरिक श्रोतबाट रु. ८ करोड ४६ लाख आम्दानी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । ‘हामीले अनुमान गरेभन्दा झण्डै साँढे तीन करोड बढी आम्दानी भएको छ, आगामी वर्ष अझै आम्दानी बढाउन सकिन्छ’ उनले भने । नगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिकतर्फ रु. ५ करोड ५ लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो । 

नगरपालिकाले सम्पत्ति कर, भूमि कर, बहाल कर, व्यवसाय कर, तरकारी निकासी कर, प्राकृतिक स्रोत निकासी, विज्ञापन कर, सेवा शुल्क दस्तुर लगायतबाट  आम्दानी गरेको हो । नगरले मालपोत रजिष्ट्रेशनबाट मात्र रु. १ करोड ६७ लाख ८५ हजार ४७८ सङ्कलन गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०