Wednesday, 26th August, 2026
वि.स.

थाहानगरकी लसु हाराइन, खोजी गरिदिन परिवारको आग्रह

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ की लसु वाइवा घलान बेपत्ता भएकी छिन् । 

थाहा नगरपालिकाको ५ नम्बर वडाको सानो फाकलबाट वाइबा यहि चैत्र २६ गतेबाट बेपत्ता भएकी हुन् । मानसिक अवस्था ठीक नभएकी वाइवाको वि.सं. २०६८ सालमा थाहा–७ आग्रामा विवाह भएको थियो । उनी केही समयदेखि माइतमै बसेर उपचार गर्दै आएकी स्थानीय सुमन वाइवाले जानकारी दिए । 

बेपत्ता भएकी २३ वर्षिया वाईवाले कालो ज्याकेट, सेतोमा रातो बुट्टा भएको कुर्ता लगाएको र कालो सुरुवाल तथा म्याजिक चप्पल लगाएको अवस्थामा हराएकी पारिवारले जनाएका छन् । गहुँगोरो अनुहार भएकी करिब ५ फिट उचाईकी वाइवा २६ गते पालुङ जान्छु भनी माइतबाट निस्केको र २७ गतेसम्म फोन सम्पर्कमा रहेको भएपनि अलिे कहिँ फेला नपरेको उनका बाबु बीर बहादुर वाइवाले जानकारी दिए । 

बेपत्ता भएकी लसु वाइवाले ९८१८९०१०४० नम्बरको मोबाइल बोकेका उनका बाबुले बताएका छन् । 

हराएकी वाइवालाई फेला पार्ने वा देख्ने व्यक्तिहरुले  उनको श्रीमानको 9823388149 तथा  रहर बहादुर घलान  ९८४५५९८७३५, सुमन वाइवा ९८४५०७२८६९  बीर बहादुर वाइबा ९८६०२६६४६१ होम बहादुर भोम्जनको मोबाइल नम्बर ९८४९३७६७६०  मा वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif