nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकी पत्रकार रोजिता अधिकारीको डकुमेन्ट्रीले जित्यो 'न्युयोर्क फिल्म फेस्टिबल अवार्ड' (डकुमेन्ट्रीसहित)

rojita-award-1651311051.jpg

थाहा नगरपालिका वडा नं. ४ किटेनी स्थायी घर भएकी पत्रकार रोजिता अधिकारीसहितको टिमले तयार पारेको डकुमेन्ट्रीले न्युयोर्क फिल्म फेस्टिबल अवार्ड जितेको छ । ‘द विडोज अफ एभेरष्ट’ नाम दिइएको उक्त डकुमेन्ट्रीले सामाजिक प्रोट्रेट विधाअन्तर्गत कास्य पदक जित्न सफल भएको हो ।

डकुमेन्ट्री ‘ह्युमान कन्सर्न’ विधाको पनि अन्तिम मनोनयमा पर्न सफल भएको थियो । हिमाल आरोहीहरूलाई गाइड गरेरै जीविकोपार्जन गर्ने शेर्पाहरू यात्राकै क्रममा मृत्युवरण गरेपछि घरव्यवहारको बोझ बोक्न बाध्य महिलाहरू शेर्पा गाइडको नै काम गर्दै कसरी सामाजिक विभेद तोडिरहेका छन् भन्ने कुरा डकुमेन्ट्रीमा देखाइएको रोजिता अधिकारी बताउँछिन् ।

अधिकारी भन्छिन्, ‘हिमाली समुदाय अझै पनि पितृसत्तात्मक नै छ । महिलाहरू अझै पनि अगाडि आएका छैनन् । एक(दुई जना महिलाहरूले श्रीमानको मृत्यु भइसकेपछि भने श्रीमानको बाटो पछ्याउँछु भनेर हिमाल चढेका छन् । टुर गाइडको पनि काम गरिरहेका छन् । त्यसैले हामीले महिला सशक्तिकरणका लागि यो डकुमेन्ट्री बनाएका हौँ ।’

२५ मिनेट लामो उक्त डकुमेन्ट्रीले हिमाल चढ्ने क्रममा शेर्पाहरूको मृत्यु भएपछि विधवा श्रीमतीहरूले कस्तो अवस्था भोगिरहेका छन् र कसरी सामाजिक विभेदलाई तोडेर हिमाल चढिरहेका छन् भन्ने कुरा देखाएको छ । 

डकुमेन्ट्री भारतीय पत्रकार श्रीया बेनर्जी र नेपाली पत्रकार रोजिता अधिकारीले निर्देशन गरेका हुन् । अल जाजिरा १०१ इस्टका लागि पत्रकारद्वययले डकुमेन्ट्री तयार पारेका थिए । टेलिभिजन र चलचित्र उद्योगका समाचार, रिपोर्ट, वृत्तचित्रलगायतका दृश्य सामग्रीलाई न्युयोर्क फेस्टिबलले प्रत्येक वर्ष अवार्ड दिँदै आएको छ।

पत्रकार अधिकारी लामो समयदेखि राजधानीमा रहेर अन्तर्राष्ट्रिय पत्रकारिता गरिरहेकी छन् ।

डकुमेन्ट्री हेर्न यहाँ क्लिक गर्नुहोस् ।  



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)