Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका ६२–६४ उमेर समूहका ९ सयलाई भेरोसिल खोप लगाउने लक्ष

khop-vaccine-1623211955.jpg

मकवानपुर थाहा नगरपालिकाले ९ सय जनालाई कोभिड–१९ विरुद्धको पहिलो माात्राको भेरोसिल खोप लगाउने लक्ष राखेको छ । नगरपालिका क्षेत्रका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई २६ र २७ जेठमा खोप अभियान संचालन हुनेछ ।

थाहा नगरपालिकाका क्षेत्रमा ७ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । नगरपालिकाको प्रस्तावित १५ शैया थाहा अस्पतालमा २ वटा खोपकेन्द्र तोकिएको छ । यि दुई केन्द्रमा ३ सय ४२ जनालाई खोप लगाउने लक्ष लिइएको छ । त्यस्तै, बज्रवाराही स्वास्थ्य चौकी खोपकेन्द्रमा १५३, टिष्टुङ स्वास्थ्य चौकीमा १४२, चित्लाङ स्वास्थ्य चौकीमा १०४, आग्रा स्वास्थ्य चौकीमा ६७ र देउखेल शहरी स्वास्थ्य केन्द्रमा ९२ जनालाई भेरोसिल खोप लगाउने पालिकाको लक्ष रहेको छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन डाक्टर शक्ति चौरसिया, डाक्टर रिकेश कार्कीलगायतलाई स्थानीय सुपरीवेक्षक तोकिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०