Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका ५२ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

Covid-Update-1621740357.jpg

हेटौंडा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत् मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–४ का ५२ बर्षीय एक पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ।

यो पनि पढ्नुहोस् 
थाहानगरमा कोरोना संक्रमित ५३ जना थपिए, एकको मृत्यु

उनको बैशाख २९ गते कोरोना पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि जेठ ४ गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

उनीसंगै काेभिड दोश्राे भेरिएन्टबाट थाहानगरमै परीक्षण गरी मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif