Thursday, 27th August, 2026
वि.स.

थाहानगरका ४७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाए 

मकवानपुर थाहा नगरपालिकाका ४७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ५ फागुनमा मात्र थाहानगरका ३३ जनाले खोप लगाएको नगरपालिकाका स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । यसअघि थाहानगरमा १४ जनाले यो खोप लिइसकेका थिए ।

मकवानपुरमा आईतबारबाट सुरु भएको दोस्रो चरणको खोपमा चौथो दिन ५ फागुनमा जिल्लाभरका ४ सय ९८ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना विरुद्धको खोप लिनेको संख्या ३ हजार ३ सय ३७ जना पुगेको कार्यलयले जनाएको छ ।

माघ १४ बाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लागाउने अभियानको पहिलो चरणमा मकवानपुरमा २ हजार १६६ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा खोप लिनेहरुमा प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवकहरु रहेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif