Sunday, 16th August, 2026
वि.स.

थाहानगरका ३ कर्मचारी पुरस्कृत

IMG_20220112_140112-1641980535.jpg

उत्कृष्ट काम गरेवापत थाहा नगरपालिकाका ३ जना कर्मचारी पुरस्कृत भएका छन् । नगरपालिकाले सुरजकुमार भुजेल, मेघराज बलामी र पाल्साङ लामालाई पुरस्कार प्रदान गरेकाे हाे । 

थाहा नगरपालिकाकाे दशाैँ नगर सभामा उनीहरुलाई नगद रु. १० हजारसहित पुरस्कार प्रदान गरिएकाे हाे । नगरप्रमुख लवशेर विष्टले उनीहरुलाई सम्मान-पत्र प्रदान गरे ।

नगरकाे सूचना तथा सञ्चार क्षेत्रमा उत्कृष्ट काम गरेकाे भन्दै भुजेललाई, काेभिड नियन्त्रणमा भूमिका खेलेकाे भन्दै बलामीलाई र दुई वडाकाे सचिव भई उत्कृष्ट काम गरेकाे भन्दै लामालाई पुरस्कृत गरिएकाे हाे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०