Saturday, 15th August, 2026
वि.स.

थाहानगरका २ युवा १८६ किलो गाँजासहित रौतहटबाट पक्राउ

pakrau-1636777047.jpg

रौतहट प्रहरीले अवैध लागूऔषध गाँजासहित थाहा नगरपालिकाका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौर नगरपालिका वडा नम्वर ४ गढवा टोलस्थित गौर–चपुर सडकखण्डबाट १८६ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । 

सडकमा रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजा सहित थाहा नगरपालिकाका २ जनालाई २६ कात्तिक बिहान पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । पक्राउ पर्नेहरुमा ट्रक चालक थाहा नगरपालिका–१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सो ट्रक जाँच गर्ने क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif