Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका सापकोटा काठमाडौंबाट पक्राउ

sapkota-1608966777.jpg

प्रहरीले लागुऔषध चेरेश सहित मकवानपुरका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं. ८ का  १९  वर्षिय आशिष सापकोटा रहेका छन् ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउँसो काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. ५ दाउराडिपोबाट लागुऔषध चरेश सहित सापकोटालाई पक्राउ गरेको हो । सापकोटालाई शंकास्पद रुपले उभिरहेको अवस्थामा देखेपछि प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोला खानतलासी गर्दा लागुऔषध चरेश २ के.जि.९०० ग्राम फेला परेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

सापकोटामाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०