Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका वडा सचिव र जनप्रतिनीधिलाई अभिमुखीकरण

DONIDCR-1613575821.jpg

थाहा नगरपालिकाका वडा सचिव तथा जनप्रतिनीधिहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तथा अभिमुखकिरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण थाहा नगरपालिका वडा नम्बर ४ नयाँगाउँको साहारा रिसोर्टमा भएको हो । 

गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको एम.आइ.एस. सेवा इकाई थाहा नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । अभिमुखीकरणमा थाहानगरका वडा सचिवहरु, वडा अध्यक्ष तथा सदस्यहरको समेत उल्लेख्य सहभागिता रहेको थियो । 

सहभागीहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका उज्ज्वल मिश्र, राजिव राई, छवि न्यौपाने र प्रदीप बुढाथोकीले पञ्जिकरण तथा सामाजिक सुरक्षाको कानूनी प्रावधानहरुको विषयमा सहजीकरण गरेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले प्रशासनको सेवा प्रवाह र विधि, मालपोत कार्यालय शिखरकोटका रामकुमार कार्की र नापी कार्यालय शिखरकोटकी प्रमुख निर्जला थापाले कार्यालयले उपलब्ध गराउने सेवा तथा विधिहरुको विषयमा सहजीकरण गरेका थिए । 

कार्यक्रम समापनको अवसरमा नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । समापनका अवसरमा नगर प्रमुख विष्ट तथा उपप्रमुख गोपालीले मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यमा सिकेका कुरालाई व्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गरिएको थियो । 

तालिम संचालन पश्चात् पञ्जिकरण तथा साममाजिक सुरक्षाका कार्यमा थप सहजता हुने थाहा नगरपालिकाका एमआइएस अपरेटर रुपक कार्कीले प्रतिक्रिया दिए ।  

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७३÷०७४ बाटै सामाजिक सुरक्षा तथा घटना दर्तालाई अनलाईनबाटै संचालन गर्दै आइरहेको छ । नगरपालिका अनलाईनमा राम्रो काम गरे वापत विभागबाट पुरस्कृत पालिका हो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०