Saturday, 15th August, 2026
वि.स.

थाहानगरका मनोज रायमाझी नेपाल जेसीज क्षेत्र ‘ख’ को थिम डाइरेक्टर मनोनित

manoj-jee-1639988133.jpg

थाहानगरका मनोज रायमाझी सन् २०२२ का लागि नेपाल जेसीज क्षेत्र ‘ख’ को प्रकरण निर्देशक (थिम डाइरेक्टर) मनोनित भएका छन् । पोखरामा सम्पन्न नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचन भए लगत्तै नवनिर्वाचित राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले पालुङ जेसीजका निवर्तमान अध्यक्ष रायमाझीलाई क्षेत्र ‘ख’ को प्रकरण निर्देशक मनोनित गरेका हुन् । 

विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेका रायमाझीले सन् २०२० मा पालुङ जेसीजको अध्यक्ष निर्वाचित भएर नेतृत्व लिएका थिए । सन् २०१९ मा पालुङ जेसीजका अध्यक्ष कुमार नेगी निर्वाचित हुँदा रायमाझीले महासचिवको भूमिकामा रही कुशलतापूर्वक कार्य गरेका थिए । 

प्रकरण निर्देशकमा मनोनित भएपछि थाहा टाइम्ससँग कुरा गर्दैै निर्देशक रायमाझीले सन् २०२२ को जेसिज प्रकरण(थिम)लाई सार्थक बनाउन क्षेत्र ‘ख’ मा आफूले विशेष भूमिका निभाउने बताए । 

नेपाल जेसीजको सन् २०२२ को थिम ‘एक्ट फर इम्प्याक्ट’ रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif