Sunday, 16th August, 2026
वि.स.

थाहानगरका बालबालिकालाई बालअधिकारसम्बन्धी तालिम

bal-training-1633409607.jpg

थाहा नगरपालिका महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाको आयोजनामा बालअधिकार तथा बाल संरक्षणमा क्षमता अभिवृद्धिसम्बन्धी तीन दिने आवाशीय तालिम १८ असोजमा सहारा रिसोर्टमा शुरु भएको छ । 

थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत नगरका १२ वटै वडाका प्रतिनिधि बालबालिकाको सहभागितामा तालिम शुरु भएको हो । तालिममा २४ जना बालबालिकासहित बाल क्लबका शिक्षक सहजकर्ताहरुको सहभागिता रहेको महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाका प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । 

थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ११ का वडा अध्यक्ष किरणमान बलको प्रमुख आतिथ्यमा भएको एक समारोहबीच तालिमको उद्घाटन गरिएको थियो । सामाजिक विकास समितिकी सदस्य जानुका ढकालको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा वडा नं. ५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङ, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, शाखा प्रमुख मोक्तान, बागमती प्रदेश बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । 

तालिममा सहभागीहरुलाई बागमती प्रदेश बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवाली, सिविन नेपाल  हेटौँडाका अधिकृत सम्झना अधिकारी लगायतले बालअधिकार र संरक्षणसम्बन्धी तालिम दिइरहेका छन् । तालिम २० असोजमा समापन हुनेछ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०