Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका तीन स्कुलमा 'विद्यालय नर्स'

Thahatimes-1612492409.jpg

मकवानपुर थाहा नगरपालिकाका तीन विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम शुरु भएको छ । गत आर्थिक वर्षमा एउटा विद्यालयबाट शुरु भएको विद्यालय नर्स कार्यक्रम चालु आर्थिक वर्षमा थप दुई विद्यालयमा पनि लागू भएको छ । 

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोगमा संचालित यस कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा थाहा–३ को जनकल्याण माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको थियो भने चालु आर्थिक वर्षमा थाहा–६ को बज्रवाराही उच्च मावि र थाहा–११ को बागेश्वरी माविमा कार्यक्रम विस्तार भएको थाहा नगरपालिका स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी   दिए । जनकल्याणमा रमिता भुजेल, बज्रवाराही उच्च माविमा रोजी गोपाली र बागेश्वरीमा अस्मिता भुसाल विद्यालय नर्सको रुपमा कार्यरत रहेका छन् । नयाँ थपिएका विद्यालयमा खटिएका विद्यालय नर्सहरुलाई ति विद्यालयहरुले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् ।  

विद्यालय नर्स कार्यक्रम विस्तार भएपछि विद्यालयहरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रम र पठनपाठनमा सहजता आएको छ भने छात्रामैत्री स्वास्थ्यका कार्यक्रमहरुमा समेत सहजता भएको विद्यालयहरुले जनाएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०