nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका जनप्रतिनिधि र वडाका कर्मचारीलाई घटना दर्ता प्रणालीसम्बन्धी अभिमुखीकरण

MIS-photo-1649407484.jpg

थाहा नगरपालिकाको आयोजनामा तीन दिने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम २५ चैतमा सम्पन्न भएको छ । पालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना इकाईले व्यवस्थापन गरेको तालिममा वडाका जनप्रतिनिधी, वडा सचिव, सहायक तथा सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । 

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको साहारा रिसोर्टमा संचालन भएको तालिमका सहभागीहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एम.आइ.एस. सपोर्ट राजिव राई, दापासा शेर्पा र लुना खड्काले तीन दिनसम्म सहजीकरण गरेका थिए । तालिम समापनमा सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 

थाहा–२ का वडा सदस्य विष्णु बहादुर थापाको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा थाहा–५ का वडा अध्यक्ष बिष्णुबहादुर गुरुङ, थाहा नगरपालिका प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ, रोजगार संयोजक कुमार नेगी, एमआइएस अपरेटर रुपक कार्की, लक्ष्मण कण्डेल, फिल्ड सहायक अच्युत विडारीलगायतकाको उपस्थिती रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)